४ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

आगलागीमा परि तीन जना बालवालिकाको मृत्यु


प्रकाशित: शुक्रवार, २८ मंसिर २०७५, ०९ः०० बजे
- महानगरखबर


काठमाडौं । दाङको बंगलाचुली गाउँपालिका वडा – ८ स्थित एक घरमा आगलागी हुँदा जलेर तीन जना बालवालिका मृत्यु भएको छ । 


स्थानीय गुराँसे निवासी नवराज पुनको घरमा आगो लाग्दा उनका ७ बर्षीय छोरा कृष्णबहादुर पुन, ५ बर्षीया छोरी अस्मिता पुन र २ वर्ष ६ महिनाकी छोरी अन्जु पुनको जलेर मृत्यु भएको प्रहरीले बताएको छ । 


आगलागीबाट घरमा रहेका ७ वटा बाख्रा र ४ वटा गाई समेत जलेर मरेका छन । 


प्रहरीका अनुसार पुनकी श्रीमती जीवना पुन १ बर्ष ४ महिनाको छोरा विरामी भएको हुँदा झारफुक गराउन भनि गाउँमा जाँदा अन्य तीन छोरा छोरीलाई घरमा एक्लै सुताएर गएको समयमा आगलागी भएको जानकारी दिए ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex