काठमाडौं । हुम्लामा एक कैदीले सुरक्षाकर्मीको आँखामा चाउचाउको धुलो खुर्सानी हाली भाग्न खोज्ने एक कैदीलाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार प्रहरीको हिरासतमा रहेका हुम्ला सर्केगाड गाउँपालिका–२ रिप गाउँका रङ्गमल भनिएका गङ्गे महताराले सुरक्षार्थ खटिएका सुरक्षाकर्मीलाई आँखामा चाउचाउको धुलो खुर्सानी हाली भाग्न खोजेका थिए ।
विहिवार बिहान करिब ४ बजे शौचालयमा शौच गर्न गएको र शौचबाट हिरासतमा लाने क्रममा सुरक्षामा खटिएका प्रहरी जवान सुन्द्र सिंहको आँखामा खुर्सानी हालेर उनले भाग्न खोजेको थियो । प्रहरी जवान सिंहको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।
Categorized in समाज