४ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

चार महिनामा नेपाल प्रहरीले तीन हजार फरार अभियुक्त पक्राउ गरे


प्रकाशित: विहिवार, २७ मंसिर २०७५, २०ः०० बजे
- महानगरखबर

काठमाडौं । नेपाल प्रहरीले चालु आर्थिक वर्षको पहिलो चार महिनामा तीन हजार ५७ जना फरार अभियुक्त पक्राउ गरेको छ । 


चालू आवको कात्तिकसम्म यो तथ्यांक हो । त्यसैगरी  ७३२ जना फरार अपराधी फक्राउ गरी २० नाल अवैध हतियार र १५ राउण्ड गोलीसमेत बरामद गरिएको प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले जानकारी दिए । 


प्रहरीले गरेको कारवाहीबारे जानकारी दिँदै सुवेदीले सो अवधिमा २२५ केजी गाँजा, ५८ केजी चरेश, एक केजी हेरोइन र ठूलोमात्रामा कृत्रिम लागुऔषध तथा मनोद्विपक पदार्थ बरामद गरेको जानकारी दिए । 


यस्तै विभिन्न जिल्लामा गरेर करीब १९ बिघा जमीनमा लगाइएको गाँजाखेती नष्ट गरिएको छ । अहिलेसम्म ५४ हजार १५८ लिटर घरेलु मदिराको कच्चा पदार्थसहित ७९ हजार ५४ लिटर घरेलु मदिरा नष्ट गरिएको प्रहरी प्रधान कार्यालय काठमाडौँले जनाएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex