१५ जेठ २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

गण्डकी प्रदेशका प्रदेशसभा सदस्य धर्तीको निधन


प्रकाशित: विहिवार, २७ मंसिर २०७५, १९ः३० बजे
- महानगरखबर

काठमाडौं । गण्डकी प्रदेशका प्रदेशसभा सदस्य टेकबहादुर घर्तीको निधन भएको छ । 


कलेजोसम्बन्धी रोगबाट ग्रसित घर्तीको गए राति भारतको दिल्लीस्थित एपोलो अस्पतालमा निधन भएको राष्ट्रिय जनमोर्चा बागलुङका अध्यक्ष अमर थापाले जानकारी दिए । 


नेपालमा उपचार हुन नसकेपछि उनलाई मङ्गलबार एयर एम्बुलेन्सबाट दिल्ली लगिएको थियो । यसअघि घर्तीलाई काठमाडौँस्थित ग्राण्डी अस्पतालको सघन कक्षमा राखेर उपचार भइरहेको थियो । 


बागलुङ निर्वाचन क्षेत्र नं २ (ख) बाट प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको ४७ वर्षीय घर्तीको जन्म बागलुङ ढोरपाटन नगरपालिकाको अधिकारीचौरमा भएको थियो । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex