४ भाद्र २०८३, बिहिबार
Header

दाङको लमहीमा विहेको जीप दुर्घट्ना, बेहुलाको आमा–बाबुसहित ६ जनाको मृत्यु


प्रकाशित: विहिवार, २७ मंसिर २०७५, ०९ः०१ बजे
- महानगरखबर

काठमाडौं । गएराती दाङको लमही नगरपालिका–९ को रिहर नजिक एक विहेको जीप दुर्घट्नामा पर्दा बेहुलाको आमा–बाबुसहित ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । 


चितवनको गीतानगरबाट दुलही लिएर बाँकेको शम्शेरगञ्ज फर्किदै गरेको बा१२च ३१२२ नंको स्कारपियो जिप र महेन्द्रनगरबाट काठमाडौँ जाँदै गरेको ना५ख ४०९० नंको बस दाङको लमही नगरपालिका–९ को रिहारमा एक आफासमा ठोक्किँदा दुर्घटना भएको थियो । 


जिल्ला प्रहरी कार्यलयका प्रमुख बेलबहादुर पाण्डेयकाअनुसार राति पौने २ बजे एकापसमा ठोक्किँदा स्कारपियोमा सवार आठमध्ये छ जनाको घटनास्थलमै मृत्यु भएको छ । 


मृत्य हुनेमा बेहुलाका बाबु राप्तीसोनारी गाउँपालिका–८ निवासी ५३ वर्षीय मानबहादुर केसी ४५ वर्षीया आमा विमला खत्री, ४९ वर्षीय विश्वनाथ अधिकारी, पाँच वर्षीय प्रवीण केसी, ३१ वर्षीय दीपककुमार खड्का, कोहलपुर–१२ निवासी ७८ वर्षीय दत्तबहादुर खत्री रहेका छन । उनीहरुको घटनास्थलमै मृत्यु भएको हो । 


बेहुला बेहुली भने अर्को गाडीमा रहेको प्रहरीले जनाएको छ । सो दुर्घटनामा चालकसहित अन्य दुई घाइते भएका छन । घाइतेलाई थप उपचारका लागि कोहलपुर पठाइएको छ ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex