काठमाडौं । चालु आर्थिक बर्षको चार महिनामा आन्तरिक राजश्व कार्यालय विराटनगरले रु एक अर्ब ९५ करोड २६ लाख ५५ हजार राजश्व सङ्कलन गरेको छ ।
चालु आर्थिक वर्षमा लक्ष्यको १०९ प्रतिशत र गएको वर्षको तुलनामा १३३ प्रतिशत राजश्व बढी सङ्कलन भएको कार्यालय प्रमुख दिलीपकुमार गौतमले बताए ।
सङ्कलित राजश्वमा आयकर रु.५० करोड १७ लाख १५ हजार, मूल्यअभिवृद्धि कर रु ४२ करोड ६७ लाख ८८ हजार, अन्तःशुल्क रु.९९ करोड १८ लाख ३६ हजार, स्वास्थ्य सेवा कर रु.दुई करोड ६९ लाख ४८ हजार र शिक्षा सेवा शुल्क रु.५३ लाख ६८ हजार रहेको छ ।
कार्यालयका अनुसार भ्याटमा सात हजार २९२, अन्तःशुल्कमा तीन हजार ६६४, प्यानमा ४२ हजार ८७३ र पि–प्यान ३६ हजार ९२ दर्ता रहेको छ ।
Categorized in बजार