१३ भाद्र २०८३, शनिबार
Header

विराटनगरमा पत्रकार महासंघकाे सम्मेलन हुँदै


प्रकाशित: बुधवार, २५ मंसिर २०७५, ०९ः३० बजे
- महानगरखबर

काठमाडौं । नेपाल पत्रकार महासङ्घ केन्द्रीय समितिको आगामी पुस ४ र ५ गते विराटगरमा राष्ट्रिय सम्मेलन हुने भएको छ । 


नेपाल पत्रकार महासङ्घ प्रदेश नं १ का महासचिव विवेक गौतमका अनुसार राष्ट्रिय सम्मेलनलाई भव्य, व्यवस्थित तथा सफल बनाउन विभिन्न उपसमिति गठन गरिएको छ ।


सम्मेलनमा देशभरिका नेपाल पत्रकार महासङ्घका प्रदेश अध्यक्ष, महासचिव र शाखा अध्यक्षको सहभागिता रहने छ । मङ्गलबार बसेको व्यवस्थापन समितिको बैठकले सम्मेलनलाई सफल बनाउन सबै शाखालाई आ–आफ्नो क्षेत्रबाट योगदान दिन आह्वानसमेत गरेको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex