४ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

बालक अपहरण गर्ने एक दम्पतीसहित ३ जना पक्राउ


प्रकाशित: बुधवार, २६ मंसिर २०७५, ०८ः३० बजे
- महानगरखबर

काठमाडौं । प्रहरीले झापाको गौरीगञ्जबाट मंगलवार एक दम्पतीसहति ३ जनलाई एक ७ बर्षिय बालक अपहरण गरेको आरोपमा पक्राउ गरेको छ । 


पक्राउ पर्नेमा गौरीगञ्ज–४ का श्रीप्रसाद मल्हा र उनकी श्रीमती अञ्जु मुखिया र गौरीगञ्ज–६ का बद्री यादव रहेको इलाका प्रहरी कार्यालय गौरीगञ्जका प्रहरी निरीक्षक टेकेन्द्र पौडेलले बताए । 


भारत बिहारको सुपौल जिल्ला किसनपुराका मोहम्मद सदामका छोरा सात वर्षीय मैफुज आलमलाई अपहरण गरी दमकको एक होटलमा राखेको अवस्थामा प्रहरीले फेला पारेको हो । 


अपहरणकारीले अपहरणपछि बालकको परिवारसँग रु १५ लाख फिरौती गरेपनि रकम तिर्न नसकेपछि आलमको परिवारले भारतीय प्रहरीको सहयोगमा इलाका प्रहरी कार्यालय गौरीगञ्जलाई खबर गरेका थियो । 


नेपाल प्रहरीको टोलीले आलमलाई दमकको एउटा होटलबाट उद्धार गरी परिवारको जिम्मा लगाएको हो । पक्राउ परेका तीनै जनालाई इलाका प्रहरी कार्यालय दमकको हिरासतमा राखी अनुसन्धान थालिएको छ । 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex