४ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

गोङ्गबुको गेष्ट हाउसबाट एकसय थान राहदानीसहित एक पक्राउ


प्रकाशित: मंगलवार, २५ मंसिर २०७५, २०ः१३ बजे
- महानगरखबर

काठमाडौँ । महानगरीय प्रहरी बृत महाराजगञ्जले गोङ्गबुको कोहलपुर गेस्ट हाउसमा १०० थान राहदानी लुकाएर राखेको १०० थान राहदानीसहित एक जनालाई पक्राउ गरेको छ । 


बृतले पक्राउ गरेका दाङ घोराही–८ का २९ वर्षीय राकेश थारूलाई मंगलावर सार्वजनिक गरिएको हो । उनलाई सोमबार राति पक्राउ गरेको बताएको छ । 


वृत्तको टोलीले विभिन्न देश पठाइदिने भनी रोल्पा, बुटबल, सल्यान, रुपन्देही, दाङलगायत जिल्लाका व्यक्तिसँग १०० थान राहदानी संकलन गरेको 


वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक फणीन्द्र प्रसाईंले जानकारी दिए । पक्राउ थारूलाई आवश्यक अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग पठाइएको वृत्तले जनाएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex