काठमाडौं । भुकुटीमण्डपमा आगामी पुष ६ गते देखि १० गतेसम्म विद्युतिय उपकहरणको ‘महामेला’ लाग्ने भएको छ ।
निक इलेक्ट्रो टेकको नवौ संस्करणको रुपमा हुने सो मेलामा विभिन्न आधुनिक विधुतीय उपकरणहरुको स्टल रहने मंगलवार आयोजित पक्रकार सम्मेलनमा आयोजकले जानकारी दिएको छ ।
‘आर्थिक समृद्धिको सम्बाहक–उर्जा” भन्ने मुल नारा सहित हुन लागेको सो एक्सपोले उद्योगमा भएका नविनतम उपलब्धीहरुको वारेमा जानकारी दिने प्रदर्शनीको मुख्य उदेश्य रहेको आयोजकले बताएको छ ।
७७ वटा स्टल रहने सो एक्सोमा नेपाली तथा बहुर्राष्ट्रिय कम्पनीका उत्पादनहरु, ट्रान्समिसन तथा डिष्ट्रिव्युसन सामाग्रीहरु, उर्जा आपूर्ति तथा नियन्त्रण यन्त्र, हाउस वाइरिङ सामाग्रीहरु, घरयासी उपकरणहरु, लाइटिङ, इलेक्ट्रोनिक उपकरणहरु, कार्यालय प्रविधि, बहुसञ्चार उपकरण, सूचना प्रविधि, वैकल्पिक उर्जा तथा अन्य विद्युतीय सामाग्रीको प्रदर्शनी गरिने छ ।
निक इलेक्ट्रोनिक्सका कार्यकारी निर्देशक कुशकुमार जोशीले एक्सपोमा यसपटक विद्युतीय सुरक्षा र खपतलाई ध्यान दिएर आगो नलाग्ने वायरिङ तार, थोरै विद्युत खपत गर्ने उपकरण र स्मार्ट प्रविधिमा आधारित मानविय सेन्सरबाट अटो अन अफ हुने विद्युतीय सामाग्रीहरु आकर्षणको केन्द्र हुने बताएको छ ।
मेलाको मुख्य आकर्षणमा नेपालमा पहिलोपटक उत्पादन गरिएको ६६ केभीको ट्रान्सफर्मर निर्देशक जोशीको दावी छ । वार्षिक ८० अर्ब रुपैयाँको विद्युतीय सामाग्रीको कारोबार हुने नेपालमा नेपाली उत्पादनको हिस्सा भने २० प्रतिशत हाराहारी मात्रै रहेको छ ।
मंगलवार, २५ मंसिर २०७५, १८ः१८ बजे
Categorized in प्रबिधि