४ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

राजधानीका युवा विद्यार्थी जुत्ता संकलन अभियानमा


प्रकाशित: मंगलवार, २५ मंसिर २०७५, ०९ः२१ बजे
- महानगरखबर

काठमाडौं । राजधानीका युवा विद्यार्थीहरुले डोल्पाका विद्यार्थीलाई जाडोका लागि न्यानो जुत्ता पठाउन जुत्ता सङ्कलन अभियान थालेका छन ।


एपेक्स कलेजका विद्यार्थीले ‘जाडोमा जुत्ता अभियान’ अन्तर्गत सङ्कलन गरेको ४७६ जोर जुत्ता ‘स्वतन्त्र जाग्रित युवा समूह’लाई हस्तान्तरण गरेका हुन ।     


‘एपेक्स हेल्थ एजुकेसन अवारनेस’का अध्यक्ष समेत रहेकी विद्यार्थी आष्मा पौडेलले डोल्पाका विद्यार्थीले कठ्याङ्ग्रिदो जाडोमा पनि नाङ्गै खुट्टा हिँड्न नपरोस् भनेर न्यानो जुत्ता सङ्कलन अभियान चलाएको बताए । 


डोल्पावासीलाई जाडोमा न्यानो जुत्ता लैजान युवा समूहले एक हप्तादेखि एक हजार जोड जुत्ता सङ्कलनका लागि कलेजमा अभियान चलाइरहेको र पुसको पहिलो साता सङ्कलित जुत्ता डोल्पा पु¥याएर वितरण गरिनेछ । 


राजधानी काठमाडौँका एपेक्स, नामी, ब्रकलेन, नेपाल इञ्जिनीयरिङ कलेजलगायत ४० कलेजबाट जुत्ता सङ्कलन गरिनेछ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex