४ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

प्रहरीलाई घुस दिन खोज्ने तीन जना पक्राउ


प्रकाशित: आईतबार २३ मंसिर, २०७५,१०ः०५ बजे
- महानगरखबर

काठमाडौ । काठमाडौं महानगरपालिका-९ काँडाघारी चोकबाट प्रहरीलाई ५ सय रुपैयाँ घुस दिन खोज्ने २ जनालाई शुक्रबार बेलुका प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही ठाउँ हरहर महादेव बस्ने नुवाकोट खडक भञ्ज्याङ-३ का २२ वर्षिय प्रज्वल तामाङ र सोही ठाउँ बस्ने रामेछाप फुपा-७ का २३ वर्षीय सुजन श्रेष्ठ रहेका छन् । 


काँडाघारी चोकमा प्रहरीले बा.२४ प ८७८९ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मादक पदार्थ सेवन गरेर मोटरसाइकल चलाएको तथा साथमा कागजपत्र समेत नभएकोले आवश्यक कारवाही गर्न खोज्दा ५ सय रुपैयाँ घुस दिन खोजेकोले उक्त नगद र मोटरसाइकल सहित मोटरसाइकलमा सवार तामाङ र श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो । 


यसैगरी काठमाडौं महानगरपालिका-३२ स्थित पेप्सिकोला चोकबाट प्रहरीलाई घुस दिन खोज्ने ट्याक्सी चालक बौद्ध बस्ने  काभ्रे पाँचखाल नगरपालिका-१२ का ४१ वर्षीय राजाराम दनुवारलाई शुक्रबार राति प्रहरील पक्राउ गरेको छ । 


 सोही ठाउँस्थित प्रहरी प्रभाग काँडाघारीबाट खटिएको प्रहरीले बा.२ ज ४५९१ नम्बरको ट्याक्सीको कागजपत्र जाँच गर्ने क्रममा ट्याक्सी चालकको सवारी चालक अनुमतिपत्र नभेटिएकोले आवश्यक कारबाही गर्न खोज्दा राजारामले प्रहरीलाई नगद ३ सय रुपैयाँ  घुस दिन खोज्दा उक्त ट्याक्सी सहित पक्राउ गरिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

  

asteriskhubs
Home Page Bottom Second


maharjan complex