काठमाडौं । काठमाडौँको टोखामा गएराती मोटरसाइकल दुर्घटना हुँदा गोरखा घर भई बसुन्धारा बस्दै आएका २१ वर्षीय सुवास सुर्खेतीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
टोखा नगरपालिका–६ मिलनचोकमा गए राति पौने १२ बजे टेलिफोनको तार भएको पोलमा मोटरसाइकल ठोक्किदा बा६५प ८०६५ नंको गोरखाकै १८ वर्षीय सुदीप सुर्खेती गम्भीर भने घाइते भएका छन ।
महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख एवं प्रहरी नायब उपरीक्षक फणिन्द्र प्रसाईँले सुवास सुर्खेतीको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जानकारी दिए ।
प्रहरी अनुसन्धानमा दुवै जनाले मादक पदार्थ सेवन गरेको खुलेको र घाइते सुर्र्खेतीको सोही अस्पतालमा उपचार भइरहेको छ ।
Categorized in समाज