१३ भाद्र २०८३, शनिबार
Header

प्रधानमन्त्री ओलीद्धारा अन्दरप्रदेश परिषद् बैठकको आव्हान


प्रकाशित: आईतवार, २३ मंसिर २०७५, ०८ः३० बजे
- महानगरखबर

काठमाडौं । सङ्घीय शासन प्रणाली व्यावहारिकरुको समीक्षाको लागि प्रधानमन्त्री केपी शर्मा ओलीले आईतबार अन्दरप्रदेश परिषद्को बैठक आव्हान गरेका छन । 


सङ्घीय शासन प्रणाली अन्तरगर्त भएको काम कारवाहीको लागि सो बैठक बोलाएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले जानकारी दिएका छन् । 


प्रधानमन्त्री ओलीलेको अध्यक्षतामा बस्ने बैठकमा सातवटै प्रदेशका मुख्यमन्त्रीले आ–आफ्ना प्रदेशमा भए गरेका कामका बारेमा जानकारी गराउने कार्यक्रम छ ।


परिषद् बैठकमा गृहमन्त्री रामबहादुर थापा र अर्थमन्त्री डा युवराज खतिवडा सहभागी हुनेछ । 


सातवटै प्रदेशका मुख्यमन्त्रीले आ–आफ्नो प्रदेशको काम कारवाही र समस्याका बारेमा जानकारी गराएपछि प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । 


नेपालको संविधानको धारा २३४ ले अन्तरप्रदेश परिषद्को व्यवस्था गरेको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex