काठमाडौं । कैलालीको लम्कीचुहामा एक घरमा सुतेकै ठाउँमा एक व्यक्तिले शुक्रवार आफ्नै बाबु र ठुलो बुवाको हत्या गरेको प्रहरीले जनाएको छ ।
लम्कीचुहा नगरपालिका–४ बलियाका जहवारलाल चौधरीले बिहान ओछ्यानमा सुतेको अवस्थामा जहवारले बुबा ५५ वर्षीय चक्रा थारू र ठूलो बुबा ६० वर्षीय पल्टु थारूको टाउकोमा चिरपट प्रहार गरी हत्या गरेको इलाका प्रहरी कार्यालय लम्कीका प्रहरी निरीक्षक सुरेन्द्रप्रसाद जैसीले बताए ।
चौधरीले आफ्नै आमा दिलबहारीदेवी चौधरी माथि पनि चिरपट प्रहार गरी गम्भीर घाइते बनाएपछि अहिले उनलाई लालरत्न अस्पताल भर्ना गरिएको छ ।
प्रहरीले जहवारलाई पक्राउ गरी घटनाको अनुसन्धान शुरु गरिएको प्रहरी निरीक्षक जैसीले बताए ।
Categorized in समाज