१९ बैशाख २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

प्रभु इन्स्योरेन्सले ३ समूहबाट ७ संचालक चयन गर्ने


प्रकाशित: आईतबार, २३ बैशाख २०७५, १०ः५८ बजे 
- जेम्सज्वेलरीखवर

काठमाडौं ।  प्रभु इन्स्योरेन्स कम्पनीले बोलाएको जेठ १० गतेको विशेष साधारणसभाले ३ समूहबाट ७ सचालक चयन गर्ने भएको छ ।

 
साधारणसभाबाट कम्पनीको समूह ’क’ बाट संचालक समितिमा प्रतिनिधित्व गर्ने तीन जना, समूह ‘ख’ अन्तर्गतको कर्मचारी संचयकोषबाट एक जना र  समूह ’ग’ अन्तर्गतको सर्वसाधारण समूहको तर्फबाट प्रतिनिधित्व गर्ने तीन जना गरी ७  संचालक चयन गर्ने भएको छ । 


कम्पनीले साधारणसभा प्रयोजनको लागि बैशाख २८ गतेदेखि साधारणसभा सम्पन्न नभएसम्मको लागि बुक क्लोज गर्ने भएको छ ।

 
कम्पनीको संचालक हुनकालागि कम्पनीको कम्तिमा पनि १०० कित्ता शेयर स्वामित्व भएको हुनु पर्ने कम्पनीले जनाएको छ । संचालकको लागि उम्मेद्वारी दिन चाहने शेयरधनीले ५ हजार रुपैयाँ शुल्क सहित निर्वाचन तालिका अनुसार मनोनयन दर्ता गर्न पाउने छ ।

 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex