काठमाडौं । रामजानकी मन्दिर जनकपुरका महन्त ४६ बर्षिय बैकुण्ड दास भन्ने बैकुण्ठ तिवारीलाई सरकारी कागज किर्ते गरेको अरोपमा बुधवार पक्राउ परेको छ ।
सरकारी कागज किर्ते मुद्धामा जिल्ला अदालत धनुषाको २०७५ साल जेष्ठ १२ गतेको फैसलाले पक्राउ आदेश जारी भई फरार उनलाई प्रहरीले काठमाडौको पुतलीसडकबाट पक्राउ गरेको छ ।
धनुषा जनकपुर उपमहानगरपालिका–८ उनलाई महानगरीय प्रहरी अपराध महाशाखाबाट खटिएको टोलीले पक्राउ गरेको हो ।
निज प्रतिबादीलाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय धनुषा पठाइएको छ ।
Categorized in समाज