काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगर भित्र रहेका सामुदायिक तथा संस्थागत विद्यालयमा अध्यापन गर्ने शिक्षकको लािग खुला कविता प्रतियोगिता आयोजना गरेको छ ।
काठमाडौ महानगरपालिकाको २४ औं महानगर दिवस भव्य रुपमा मनाउने कार्यक्रम अन्तर्गत सो गरिएको कामपा शिक्षा विभागले जनाएको छ ।
महानगरले आव्हान गरेको मिति २०७५/०८/१४ गते २ ः०० बजे सम्ममा यस कार्यालयमा दर्ता हुन आएका १०८ वटा प्रतियोगि कविताहरुको कोड कायम गरि ३ जना मूल्याङनकर्ताहरुबाट उत्कृष्ट १३ वटा कविता वाचन गरिने भएको छ ।
सो कविता बाचनको लागि महानगरले यही मंसिर २४ गते शिवपुरी मा.वि., महाराजगंजमा शिक्षकहरुलाई उपस्थितको लागि अनुरोध गरेको छ ।
बाचन पश्चात मुल्याङकन समेत गरि प्रथम, द्वितीय, तृतीय तथा सान्त्वना घोषणा गर्ने कार्यक्रम रहेकोले छ ।
Categorized in समाज