११ आषाढ २०८३, बिहिबार
Nepal Bank AD 2082 mansir

राष्ट्र बैंकद्वारा बैंक तथा वित्तीय संस्थालाई ऋण प्रस्ताव आव्हान 


प्रकाशित: विहिवार, २० मंसिर २०७५, २०ः०० बजे
- महानगरखबर

काठमाडौं । नेपाल राष्ट्र बैंकद्धारा बैंक तथा वित्तीय संस्थालाई ऋण प्रस्ताव गर्न विहिवार एक सुचना जारी गरी आव्हान गरेको छ ।


नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा रु १० अर्ब १५ करोड ८६ लाख लगानी गर्ने योजना ल्याएको छ । 


बैंकको विभिन्न कोषमा रहेका रकम आगामी पुस १ देखि २०७६ मङ्सिर ३० गतेसम्म ३६६ दिनमा त्रैमासिकरुपमा व्याज भुक्तान हुने गरी लगानी गर्न लागिएको हो । 


बैंकबाट इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाले आफूले लिन चाहेको रकम तथा उक्त रकमका लागि प्रस्ताव गरिएको व्याजदरसमेत खुलाइ आवेदन दिन केन्द्रीय बैंकले जनाएको छ । 


बैंकले यही मङ्सिर २३ गते अपराह्न ३ बजेसम्म वित्त व्यवस्थापन विभागमा आवेदन दिन विहिवार एक सूचनामार्फत जानकारी गरेको छ । केन्द्रीय बैंकले ‘क’ वर्गका वाणिज्य बैंकलाई रु आठ अर्ब १२ करोड ६९ लाख, ‘ख’ वर्गका राष्ट्रिय बैंकलाई रु एक अर्ब ५२ करोड ३८ लाख र ‘ग’ वर्गका राष्ट्रियस्तरका वित्तमा रु ५० करोड लगानी गर्ने जनाएको छ । 


सो ऋण प्रस्तावको लागि राष्ट्र बैंकले आवश्यक आधारहरु पेश गर्नु पर्नेछ । बैंकले त्यसका लागि बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा पनि दुई वर्ष पूरा भएको, बैंकले तोकेको न्यूनतम पूँजी कोष कायम भएको, निष्क्रिय कर्जा कूल कर्जा सापटको पाँच प्रतिशत वा सोभन्दा बढी नरहेको, कर्जा स्वदेशी निक्षेप र प्राथमिक पूँजी अनुपात बैंकले समय समयमा निर्धारण गरेको सीमा क्षेत्रभित्र रहेको र अघिल्लो आर्थिक वर्षमा बैंक मुनाफामा रहेको हुनुपर्नेछ । 


यस्तै घर जग्गा कर्जा बैंकबाट तोकिएको सीमाभन्दा बढी नभएको, लगानी गर्ने संस्थाको सञ्चालक, प्रमुख कार्यकारी अधिकृत वा कार्यकारी सञ्चालकलाई कुनै पनि कारवाही नगरेको तथा कारवाहीमा परेको भए फुकुवा भएको कम्तीमा छ महीना पूरा भएको हुनुपर्नेछ । 


बैंक तथा वित्तीय संस्था समस्याग्रस्त भएको भए कारवाही फुकुवा भएको छ महीना पूरा भएको र सर्वसाधारणका लागि छुट्याइएको शेयर बिक्री गरेको हुनुपर्ने शर्त बैंकले राखेको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex