काठमाडौं । छुटाछुटै तीन जिल्लामा जंगली भालु र बाँदरको आक्रमणमा परि ३ महिला घाईते भएको छ ।
डोटीको आदर्शगाउँपालिका–७ तलारा गाउँकी ४० वर्षीया भागिरथी जोशी भालुको आक्रमणबाट गम्भीर घाइते भएकी छिन ।
घाँस काटेर फर्किरहेको अवस्थामा भालुले उनलाई आक्रमण गरेको घाइते जोशीले बताए । उनको शरीरभरि घाउ छ ।
यसैगरी, बझाङको गुदुखाती गाउँमा भालुकै आक्रमणबाट स्थानीयवासी ६० वर्षीया जरु धामी घाइते भएकी छिन् । आक्रमणबाट उनले एक आँखा समेत गुमाउनुपरेको छ । गुदुखातीमा भालुको आक्रमणबाट थप स्थानीयवासी तीन घाइते भएको पीडित महिलाले बताए ।
घाइतेलाई उपचारका लागि सेती अञ्चल अस्पताल धनगढी ल्याएइएको छ ।
त्यसैगरी, पर्वत जिल्लाको जलजला गाउँपालिका–७ धाइरिङस्थित घाहाखेतमा बाँदरको आक्रमणबाट एक महिला गम्भीर घाइते भएकी छिन ।
स्थानीय ४० वर्षीया लक्ष्मी जैसी मङ्गलबार बाँदरको आक्रमणबाट घाइते भएको हो ।
घरभित्र अन्नपात खानका लागि पसेका बाँदर लखेट्ने क्रममा उहाँलाई बाँदरले आक्रमण गरेको हो । जैसीको मणिपाल शिक्षण अस्पताल, पोखरामा उपचार भइरहेको स्थानीयवासी झलक आचार्यले बताए ।
Categorized in समाज