काठमाडौं । सप्तरीको छिन्नमस्ताका स्थानीयले विद्युतको पोलमा अंकुस लगाई विद्युत चोरेको आरोपमा ८ जनालाई मंगलवार अनुगमन टोलीले पक्राउ गरको छ ।
पक्राउ पर्नेमा छिन्नमस्ता गाउँपालिका–१ का प्रदीप राय, सैनिक राय, रीतानन्द राय, कमलेश राय, देवनारायण राय, रामधन खंग, वडा नं ५ का प्रल्हाद दास र वडा नं ७ का जामुन राय रहेका छन् ।
नेपाल विद्युत प्राधिकरण, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरीको संयुक्त अनुगमन टोलीले उनीहरुलाई नियन्त्रणमा लिई विद्युत ऐनअनुसार जनही रु १५ हजार ५०२ दरले १ लाख एक्काईस हजार ६१६ रुपिया जरिवाना असुल गरी छाडिएको छ ।
Categorized in समाज