४ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

किशोरीलाई गर्भवती बनाएको आरोपमा एक कर्मचारी पक्राउ


प्रकाशित: मंगलवार, १८ मंसिर २०७५, १८ः४० बजे
- महानगरखबर

काठमाडौं । प्रहरीले सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाका एक किशोरीलाई गर्भवती बनाएको आरोपमा एक कर्मचारीलाई पक्राउ गरेको छ । 


बलेफी गाउँपालिकाकी १५ वर्षीया किशोरीलाई बलात्कार गरी गर्भ बोकाएको आरोपमा भूकम्पपीडितको आवास पुनःनिर्माणका लागि सो गाउँपालिकामा कार्यरत जाजरकोट निवासी सव इञ्जिनीयर दीपक कार्कीलाई नियन्त्रणमा लिइएको हो ।

 
प्रहरी नायब उपरीक्षक विमल कँडेलका अनुसार स्थानीय विद्यालयमा कक्षा ९ मा अध्ययनरत छात्राले आफू तीन महीनाको गर्भवती भएको थाहा पाएपछि किटानी जाहेरी दिएकी थिइन । 


पीडक कार्कीले स्वीकार गरिसकेको प्रहरीले जनाएको छ । 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex