काठमाडौं । भक्तपुरको चाँगुनारायण – १ बोडे सरस्वती खेलका ७३ बर्षीय बृद्ध धनबहादुरको श्रेष्ठको तीनतले घरको छतबाट खसेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
छिमेकी नवीना श्रेष्ठको घरको छतमा घाम ताप्न गएका श्रेष्ठ सोही घरको छतबाट खसेर मृत्यु भएको महानगरीय प्रहरीवृत्त थिमिले जानकारी दिएको छ । घटनाकाबारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
Categorized in समाज