काठमाडौं । बलिउड अभिनेत्री सोनाली बेन्द्रले ६ महिनापछि क्यान्सरलाई जितेर अमेरिकाबाट भारत फर्केकी छिन् ।
सोमवार विहान उनी मुम्बई उत्रेकी हुन । उनका श्रीमान गोल्डी बहालले सञ्चारमाध्यमलाई जानकारी दिए अनुसार अभिनेत्री सोनालीको उपचार पुरा भएको तर नियमित चेकजाँचमा बस्नु पर्ने बताएका छन् ।
यो रोग फेर पनि आउन सक्ने भएको उनका पति गोल्डीले बताउँदै भने, ‘नियमित फलोअपमा बस्नु पर्नेछ । अहिलेसम्मको उपचार भने सकिएको छ ।’
अभिनेत्री सोनालीई ६ महिना अघि हाईग्रेड क्यान्सर भएको पत्ता लागेको थियो । त्यसपछि उनी अमेरिका उपचारको लागि गएका थिए ।
बलिउडमा उनी १९९४ मा ‘आग’ भन्ने फिल्मबाट प्रवेश गरेका थिए । यसपछि उनले आमिर खानसँग ‘सरफोरस’, सलमान खानसँग ‘हम साथ साथ हे’ लगायतका हिट फिल्म खेलेका थिए ।
Categorized in मनोरन्जन