काठमाडौं । बसको ठक्करबाट तनहुँमा गएराती एक पैदलयात्रुको मृत्यु भएको छ ।
मृत्यु हुनेमा तनहुँको भानु नगरपालिका–१ बस्ने विकास गन्धर्व रहेका छन । म्याग्दीको बेनीबाट नेपालगञ्जतर्फ जाँदै गरेको ग १ ख ७३७३ नम्बरको बसले बन्दीपुर गाउँपालिका–४ विमलनगरमा पैदलयात्री गन्धर्वलाई ठक्कर दिएको थियो ।
बसको ठक्करबाट घाइते गन्धर्वको उपचारको क्रममा दमौली अस्पतालमा राति १०ः३० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहँुले जनाएको छ ।
ठक्कर दिने बस र बसका चालक प्रहरी नियन्त्रणमा छन । गन्धर्वको शव दमौली अस्पतालमा राखिएको छ ।
Categorized in समाज