४ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

किशोरी बलात्कार गरी फरार रहेका भारतीय नागरिक पक्राउ


प्रकाशित: सोमबार, १७ मंसिर २०७५, ०८ः३० बजे
- महानगरखबर

काठमाडौं । पर्वत जिल्लाका फलेवास नगरपालिका–५ स्थित खानीगाउँकी एक किशोरी बलात्कार गरेर फरार रहेका अभियुक्तलाई आईतबार प्रहरीले पक्राउ गरेको छ । 


पक्राउ पर्नेमा भारतीय नागरिक पर्वतको फलेवास नगरपालिकामा मजदूर काम गर्दै आएका २२ वर्षीय सद्रे आलम रहेका छन । 


भारतको उत्तर प्रदेशको बेतिया जिल्ला पश्चिम चम्पारण भगाहा थाना मैनाटक ब्लक घर भएका उनी सोही ठाउँमा लुकीछिपी बसेको अवस्थामा आलम पक्राउ गरेको हो । 


फरार रहेको भन्ने सूचनाको आधारमा प्रहरीले खोजी गर्दा उनलाई फलेवासबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक राजन रायमाझीले जानकारी दिए । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex