काठमाडौं । गएराती काठमाडौंको बसुन्धरामा बा ४० प ५६६५ नम्बरको मोटरसाइकललाई ठक्कर दिने बा ३ च १६९४ नम्बरको जीप चेक गर्ने क्रममा गाडीको अगाडिको सिट मुनी मेड इन अमेरिकन अटो पेस्तोल, म्यागजिन र ३ राउण्ड बरामद भएको हो ।
प्रहरीले जीप चालक सुमन थापालाई नियन्त्रणमा लिएको छ ।
सो दुर्घट्नमा मोटरसाइकल चालक स्याङजा पुतलिबजार ३ घर भइ काठमाडौं २६ बस्ने सन्तोष नेपालीको उपचारको क्रममा शिक्षण अस्पतालमा मृत्यु भएको छ भने मोटरसाईकलमा सवार अर्का अर्जुन बोहरा घाइते भएका छन् ।
Categorized in राष्ट्रिय