४ भाद्र २०८३, बिहिबार
Header

झापाको दमकमा प्रहरी जवान मृत भेटिए


प्रकाशित: आईतबार, १६ मंसिर २०७५, १८ः३० बजे
- महानगरखबर

काठमाडौं । झापा जिल्लाको दमकमा एक प्रहरी जवान मृत भेटिएको छ । 


इलाका प्रहरी कार्यालय दमकमा कार्यरत प्रहरी जवान २४ वर्षीय टेकराज पौडेल आईतबार मृत भेटिएको प्रहरी नायब उपरीक्षक श्यामल सुब्बाले जानकारी दिए । 


सङ्खुवासभाको खाँदबारी नगरपालिका–३ घर भएका पौडेल दमक नगरपालिका–६ मा डेरा गरी बस्दै आएका थिए । उनी डेरामा मृत फेला परेको हो । डेरामा एक्लै बस्दै आएका पौडेल आज बिहान काम सकेर डेरामा फर्केका थिए । पौडेल तीन वर्षअघि प्रहरी सेवामा प्रवेश गरेका थिए । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex