काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एसिया प्यासेफिक सम्मेलनमा नेतृत्व र सुशासन अवार्ड पाएको छ ।
प्रम ओलीले अवार्डसँगै एकलाख डलर पुरस्कार पनि पाएका छन् । प्रम ओलीलाई कोरियन धर्मगुरु हाक जा हान मुनले अवार्ड दिएका थिए ।
प्रधानमन्त्री ओलीले उक्त रकम कोष बनाएर यूवाका क्षेत्रमा काम गर्नका लागि सरकारी कोषमा दाखिला गरेको घोषणा गरे ।
होटल हायातमा भएको एसिया प्यासेफिक समिटमा कोरियन धर्मगुरु मुनले कार्यक्रमलाई विशेष सम्बोधन गरेको थिए । उनले ‘जिसस’का सन्देश दिएर सबैलाई आशिर्वाद लिन आव्हान गरेका थिए ।
Categorized in राष्ट्रिय