१२ भाद्र २०८३, शुक्रबार
Header

आजबाट राजधानीमा एशिया प्यासिफिक सम्मेलन हुँदै


प्रकाशित: शनिवार, १५ मंसिर २०७५, ०९ः२१ बजे
- महानगरखबर

काठमाडौं । युनिभर्सल पिस फेडरेसनको आयोजनामा शनिवारदेखि काठमाडौँमा एशिया प्रशान्त सम्मेलन हुँदैछ । 


काठमाडौ ह्यात रिजेन्सी होटलमा दुई दिनसम्म चल्ने सम्मेलनमा सहभागी हुन एशिया प्रशान्त क्षेत्रका राष्ट्र÷सरकार प्रमुखका साथै अन्य विशिष्ट पाहुनाहरु नेपाल आइपुगेको छ ।


सम्मेलनमा ‘वर्तमान समयका गम्भीर चुनौतीमाथि सम्बोधन ः अन्तरनिर्भरता, पारस्परिक समृद्धि र विश्वव्यापी मान्यता’ विषयमा विभिन्न सत्रमा बहस तथा छलफल हुनेछ । 


सम्मेलनको उद्घाटन समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित एशिया प्रशान्त क्षेत्रका राजनेता तथा सरकार प्रमुखहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । 


उद्घाटन सत्रपछि ‘शान्ति, विकास, सुशासन र सांसदहरुको भूमिका’, ‘आस्थामा आधारित सङ्गठन र नागरिक समाजको भूमिका’, ‘जलवायु परिवर्तन’, ‘वर्तमान समयको महत्वपूर्ण चुनौती समाधान गर्न सञ्चारमाध्यमको भूमिका’ र ‘विश्वव्यापी शान्ति प्रक्रिया तथा शान्ति परियोजना’ विषयमा छुट्टाछुट्टै सत्रमा छलफल हुने आयोजकले जनाएको छ । 


सम्मेलनको अन्त्यमा काठमाडौँ घोषणापत्र जारी हुने आयोजकले जनाएको छ । 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex