५ भाद्र २०८३, शुक्रबार
Header

दाईजोको निहुँमा नेपाली चेलीको भारतमा हत्या 


प्रकाशित: शुक्रवार, १४ मंसिर २०७५, २०ः१५ बजे
- महानगरखबर

काठमाडौं । दाईजोको निहुँमा एक नेपाली चेलीको भारतमा हत्या भएको छ । 


कपिलवस्तु बाणगङ्गा नगरपालिका–४ की २१ वर्षीय खेमकला सुनार भारतको हरियाना हिसार भन्ने ठाउँमा मृत फेला परेसँगै उनका माइतीले हत्या गरिएको दाबी गरेका हुन । 


डेढ वर्षअगाडि हिसार भन्ने ठाउँमा विवाह भएको खेमकलाको यही मङ्सिर १२ गते आफ्नै घरमा झुण्डिएको अवस्थामा शव फेला परेको थियो । शव फेला परेसँगै माइती पक्षले परिवारले मानसिक, शारीरिक यातना दिई हत्या गरेर झुण्ड्याइएको हुनसक्ने बताएका छन् । 


दाइजो नल्याएको निहुँमा पटकपटक मानसिक यातना दिँदै आएको आरोप माइती पक्षको छ । मृतकका खेमकलाका श्रीमान भारतीय आर्मीमा कार्यरत रहेको बताइएको छ । 


घटनाका विषयमा बुझ्नका लागि माइती पक्षबाट बुबा र आमा भारततर्फ गएका जनाइएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex