१९ बैशाख २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

चर्चित फुटबलर निराजन रायमाझीकी पत्नी ठगी आरोपमा पक्राउ


प्रकाशित: शुक्रवार, १४ मंसिर २०७५, १९ः४० बजे
- महानगरखबर

काठमाडौँ । चर्चित फुटवल खेलाडी निराजन रायमाझीका पत्नी संगीता अधिकारी रायमाझीलाई ठगी आरोपमा प्रहरीले शुक्रवार पक्राउ गरेको छ ।  


विभन्न व्यक्तिहरुसँग क्यानाडा पठाईदिने प्रभोलनमा पारी एक करोड ३७ लाख ठगी गरेको आरोपमा उनी पेप्सीकोलाबाट पक्राउ परेको हो । 


रकम ठगी गरेर फरार रहेकी गोकर्णेश्वर नगरपालिका–१ निवासी ३८ वर्षीया सङ्गीता अधिकारी रायमाझीलाई प्रहरीले प्रहरीले पक्राउ गरी अनुसन्धान अघि बढाएको छ । 


ठगीमा परेका युवाले दिएको सूचनाका आधारमा अपराध अनुसन्धान महाशाखाको टोलीले उनलाई पेप्सीकोलाबाट पक्राउ गरेको प्रहरी वरिष्ठ उपरीक्षक धिरजप्रताप सिंहले जानकारी दिए । 


अधिकारीले क्यानडा पठाइदिन्छु भन्दै काभ्रेका नवीन तामाङसँग रु २९ लाख र धिरेन्द्रकुमार पुलामीसँग रु २२ लाख, दोलखाका सुदीन खड्कासँग रु २७ लाख २० हजार तथा भक्तपुरका रामकृष्ण सुवालसँग रु १९ लाख ९० हजार र डेकराज कार्कीसँग रु १९ लाख तथा जयराम सुकुभुटुसँग रु २० लाख रकम लिएको अखिल नेपाल वैदेशिक रोजगार पीडित तथा परामर्श सङ्घले जनाएको छ । 


पक्राउ परेकी अधिकारीलाई बैङ्किङ कसूर र वैदेशिक रोजगार कसूर मुद्दामा कारबाही अघि बढाइने प्रवउ सिंहले जानकारी दिनुभयो । 
 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex