काठमाडौं । दाङको घोराही नगरपालिकामा विहिवार बेलुका एक व्यवसायीको छक्कु प्रहार गरी हत्या गरिएको छ ।
प्रहरीको अनुसार घोराही उपमहानगरपालिका वडा नं. १३ लामिडाँडाको दुधेसोतामा अन्दाजी ४५ बर्षिय नन्दबहादुर घर्तीको हत्या भएको हो । चक्कु प्रहारबाट गम्भीर घाइते उनलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान पु¥याए लगतै चिकित्सकले मृत घोषणा गरेका थिए ।
रोल्पा जिल्लाका स्थायी बासिन्दा घर्ती मगर घोराही बसपार्कको पुल नजिकै माडी हार्डवेयर पसल सञ्चालन गर्दै आएका प्रहरीले जनाएको छ ।
उनले हत्यामा कसले, किन गरेको भन्ने विषयम प्रहरीले तिव्र रुपमा अनुसन्धान सुरु गरेको छ । हत्याराको व्यापक खोजी भईरहेको प्रहरीले बताएको छ ।
Categorized in समाज