४ भाद्र २०८३, बिहिबार
Header

राजधानीमा आठ बर्षिय बालकको अपहरणपछि हत्या


प्रकाशित: विहिवार, १३ मंसिर २०७५, १८ः०५
- महानगरखबर

 

काठमाडौं । राजधानीको गोंगबुमा स्वास्तिका गेष्ठ हाउसका सञ्चालक प्रवीण कुँवरको आठ बर्षिय छोराको अपहरणपछि हत्या भएको छ । 


महानगरिय अपराध महाशाखाका अनुसार मंसिर ११ गते बेलुका ६ः३० बजेको समयमा गेष्ट हाउस सञ्चालका ८ बर्षिय छोरा प्रयास कुवँरको अपहरणपछि हत्या भएको हो । 


प्रयासकै बाबुको ड्राईभर स्याङ्जा जिल्लाका २२ बर्षिय महेन्द्र सार्कीले हत्या गरेको प्रहरीले जनाएको छ । एक महिना अघि कामको खोजीमा आएका सार्कीलाई कुँवरले ड्राईभर राखेका थिए तर सार्कीले मन लगाएर काम नगरेपछि काम बाट निकालिदिने धम्की दिँदा ‘रिस फेर्न’ छोराको अपहरण गरी हत्या गरेको सार्कीले प्रहरीसमक्ष बयान दिएको छ । 


सार्कीले बालक प्रयासलाई चकलेट दिएर फकाएर बालकलाई अपहरण गरी बेपत्ता पारेका थिए । 


यसैदिन सार्कीले राति रानीबारीको जंगल लगेर बालकको घाँटी थिचेर हत्या गरेर एक झोलामा राखेर शव फालेको थियो । 


प्रहरीले घट्ना थाहापाउनै वित्तिकै खोजी गरेपछि बालकको शव सार्कीको बयानको आधारमा प्रहरीले भेटाएको हो । 


सार्कीलाई बिहीबार गोंगबुस्थित डेराबाटै प्रहरीले समातेपछि घट्ना विवरण बाहिर आएको हो । बालकको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex