४ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

कमलरी मुक्त गर्न प्रदेश ५ का मुख्यमन्त्री पोखरेललाई ज्ञापन पत्र


प्रकाशित: विहिवार, १३ मंसिर २०७५, ०८ः२० बजे
- महानगरखबर

काठमाडौं । सरकारले कमलरी प्रथा उन्मुलनको घोषणा गरेपनि तराईका अझै ५ जिल्लामा घरेलु कामदरको रुपमा रहेको ७९ कमलरीलाई मुक्त गर्न प्रदेश ५ का मुख्यमन्त्री प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेललाई सरोकारवालाहरुले ज्ञापन पत्र बुझाएका छन् । 


सरकारले विसं २०७० असार १३ गते कमलरी मुक्तिको घोषणा गर्नाका साथै आन्दोलनमा उत्रिएका कमलरीसँग १० बँुदे सम्झौता गरेको थियो । उक्त सम्झौतापत्रमा दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर जिल्लाका विभिन्न व्यक्तिको घरमा कमलरी बसेकालाई यथाशक्य चाँडो उद्धार गर्नुपर्ने बुँदा उल्लेख भएपनि अझैसम्म कार्यान्वयन नहँुदा अझै ७९ थारू बालिका कमलरी बस्न बाध्य छन । 


मुक्त कमलरी विकास मञ्चकी केन्द्रीय अध्यक्ष सुनिता चौधरीले तराईका जिल्लामा थारू चेली कमलरीको रूपमा मालिकको घरका काम गरिरहेकोे मुख्यमन्त्रीलाई जानकारी गराए । 


अध्यक्ष चौधरीका अनुसार कञ्चनपुरमा ६, कैलालीमा २२, बर्दियामा २९, बाँकेमा चार र दाङमा १८ थारू बालिका बालश्रमिकको रूपमा मालिकको घरमा काम गरिरहेको बताए । 


मुख्यमन्त्री पोखरेलले मागपत्र बुझ्दै कमलरीको समस्या सम्बोधनका लागि पहल थाल्ने प्रतिवद्धता गरेको अध्यक्ष चौधरीले बताए । 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex