काठमाडौं । सुनसरीको इटहरी उपमहानगरपालिका – ९ स्थित हटियालाईनमा एक मनि ट्रान्सफर सञ्चालक माथि छुरा प्रहार भएको प्रहरीले जनाएको छ ।
एक्टिभ मनी ट्रान्सफरका सञ्चालक संखुवासभाका २८ वर्षका सविन दाहालमाथि छरा प्रहार भएको हो ।
छुरा प्रहारबाट घाइते भएका दाहाललाई उपचारका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
प्रहरीले घट्नमा संग्लनको पहिचान हुन नसकेको तर खोजी कार्य जारी रहेको जनाएको छ ।
Categorized in समाज