४ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

हुकिङ गरी विद्युत चोरी गर्ने ५३ पक्राउ


प्रकाशित: बुधवार, १२ मंसिर २०७५, ०९ः२७ बजे
- महानगरखबर

काठमाडौं । विद्युत प्राधिकरण वितरण केन्द्रले लाहानको विभिन्न स्थानमा हुकिङ गरी विद्युत चुहावट गर्ने  ५३ जनालाइ पक्राउ गरी जरिवाना गरेको छ । 


उक्त केन्द्रबाट खटिएको विद्युत चुहावट नियन्त्रण टोलीले जिल्लाका विभिन्न स्थानबाट सोमबार २८ र मङ्गलबार २५ गरी ५३ जनालाई पक्राउ गरेको हो ।


अनुगमनका क्रममा हुकिङ गरी विद्युत चुहावट गरिरहेको पाइएका सबैलाई नियन्त्रणमा लिई विद्युत चुहावट ऐनबमोजिम कारवाहीसहित जरिवानावापत रु पाँच लाख ८६ हजार राजश्व सङ्कलन गरिएको छ । 


सो क्रममा विद्युत मिटर, पङ्खा र टिभी, एलइडीलगायत सामान पनि बरामद गरिएको छ । 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex