४ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

महानगरपालिकाको सहकार्यमा उपत्यका ७० स्थानमा ‘स्मार्ट डस्टविन’


प्रकाशित: मंगलवार, ११ मंसिर २०७५, २०ः१५बजे
- महानगरखबर

काठमाडौँ । उपत्यका फोहर व्यवस्थापनको लागि काठमाडौ महानगरपालिकाको सहकार्यमा निजी कम्पनीले उपत्यकाका ७० स्थानमा ‘स्मार्ट डस्टबिन’ (अधुनिक फोहर सङ्कलन गर्ने भाँडो) राख्न सुरु गरेको छ । 


पहिलो चरणमा काठमाडौँका बढी र ललितपुरका केही स्थानमा भाँडो राख्ने तयारी गरिएको कृष्ण सप्लायर्स प्रालिले जनाएको छ । 


प्रतिवटा ६ लाख रुपैयाँ पर्ने फोहर सङ्कलन गर्ने आधुनिक भाँडो मानिसको अत्यधिक चाप हुने स्थानमा राख्न शुरु गरेको हो । अहिले माइतीघर मण्डल, बिजुलीबजार, बानेश्वर, कोटेश्वर, गौशाला, चाबहिललगायत स्थानमा स्मार्ट डस्टबिन राखिसकिएको छ । 


आगामी एक हप्ताभित्रमा पहिलोचरणमा राख्ने भनेजति ७० वटै स्थानमा राखिसक्ने सप्लायर्सका निर्देशक शैलेश कुँवरले जानकारी दिए ।


‘स्मार्ट डस्विन’ अध्याधुनिक फोहर राख्ने भाँडा हो । यसले फोहर संकनका साथै रातको समयमा सडक यात्रुलाई बत्तीमार्फत उज्यालो दिने, मोवाईल चार्ज गरिदिने, नक्साको देखाउने काम पर्ने गर्ने प्रा.लि.का निर्देशक कुँवरले बताए । 


चीनबाट ल्याइएको डस्टबिनको प्रभावकारिता हेरी दोस्रोचरणमा काठमाडौँ उपत्यकोका बाँकी स्थानमा र बाहिरी जिल्लाका मुख्य शहरमा पनि यसको प्रयोग विस्तार गरिने भएको छ । 


कुहिने र नकुहिने दुवै किसिमका फोहर राख्न मिल्ने ती भाँडोमा सङ्कलन भएको फोहर सम्बन्धित कम्पनीले प्रत्येक दिन टेकुमा लगेर व्यवस्थापन गर्नेछ ।

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex