काठमाडौं । नायिका रेखा थापाले प्रदेश नं. २ को सरकारी अभियान ‘बटी पढाऊ, बेटी बचाऊ’ अभियानमा सहयोग गर्ने प्रतिवद्धता गरेको छ ।
कलाकार थापाले ‘छोरीका लागि स्वर्णिम अभियान’ नामक कार्यक्रमका माध्यमले प्रदेश सरकारको अभियानलाई सघाउने भएकी छिन ।
प्रदेश सरकार र थापाद्वारा मंगलवार मुख्यमन्त्री कार्यालयमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा सो प्रतिवद्धता जनाएकी हुन ।
मुख्यमन्त्री लालबाबु राउतले सरकारको उद्देश्यअनुरूप कलाकार थापाले प्रदेशका आठवटै जिल्लामा विद्यमान छोरीप्रतिको असमान व्यवहार, हिंसा, भ्रूणहत्या, पढाइबाट वञ्चित र बालविवाहविरुद्ध जागरण अभियानमा सहयोगी भूमिका निर्वाह गर्ने जानकारी दिए ।
छोरा हुँदा हर्ष र छोरी हुँदा दुःख, पीडा, बोझ ठान्ने मनोवृत्ति, छोरीको जन्मलाई अभिशाप ठानी हत्या गर्ने मानसिकता, अपहेलित गर्ने क्रियाकलाप विरुद्धको अभियानमा सरकारले छोरीको बीमा, साइकल वितरण, दक्षता अभिवृद्धि, सरकारी सेवा परीक्षा तयारी तालीम र प्रहरीमा ५० प्रतिशत आरक्षणलगायत योजना राखिएको मुख्य मन्त्री राउतले बताए ।
Categorized in मनोरन्जन