१३ भाद्र २०८३, शनिबार
Header

उपत्यकामा फेरि जोर विजोर प्रणाली, विहिबारदेखि आईतवारसम्म लागु हुने


प्रकाशित: मंगलवार, ११ मंसिर २०७५, १८ः१० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौंमा शुक्रवारदेखि सोमबारसम्म हुने एसिया प्यासिफिक समिटलाई लक्षित गरी सरकारले उपत्यकामा जोर विजोर प्रणाली लागु गर्ने भएको छ । 


महानगरीय ट्राफिक महाशाखाका अनुसार समिटमा ट्राफिक व्यवस्थापन चुस्त दुरुस्तका लागिजोर विजोर नम्बरका आधारमा निजी तथा सार्वजनिक गाडी चलाउने तयारी भएको जनाएको छ ।


महाशाखाका अनुसार मंसिर १३ गते बिहिबार र मंसिर १५ गते शनिबार नम्बर प्लेटको अन्तिम अंक विजोर ९१,३,५,७,९० भएका गाडीमात्रै चल्न पाउनेछन भने मंसिर १४ गते शुक्रबार र मंसिर १६ गते आइतबार जोर ९०,२,४,६,८० अंक भएका गाडी मात्रै चल्नेछ ।

 

 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex