काठमाडौं । नभेटिएको ३३ केजी सुनले बर्षौदेखि निर्वाध रुपमा चल्दै आएको सुन तस्करीको ¥याकेट पर्दापास भएपछि सबै अचम्मित बनेको छ । नेपाल प्रहरीकै उच्च अधिकारीहरुको सकटिंगमा विमानस्थलबाट हुने तस्करीको जालो ढिलै भएपनि बाहिर आएको छ ।
गायब ३३ केजी सुन खोज्ने क्रममा तस्करीका नाईके गोरे भनिने चुडामनी उप्रेतीका मान्छेहरुले भरिया सनम शाक्यको हत्या गरेपछि हत्यारा सम्म पुग्ने क्रममा नेपाल सरकार सुन तस्करीको मतियाराहरु सामु पुग्न सफल भएको हो ।
शाक्य हत्याकाण्डसँग जोडिएको ३३ केजी सुनले तस्करीको नालीबेली यतिखेर दुनियाँसामु आईपुगेको छ तर मुख्य प्रमाण मानिएको ३३ केजी सुन नभेटिँदा अदालतमा मुद्दा कतै कमजोर त हुने होइन भन्ने आशंका पनि उब्जिन थालेको छ ।
गायब ३३ केजी सुनको चर्चा र सो सँग जाडिएको बयानहरु मात्र बाहिर आएर पक्राउ परेका अभियुक्तहरुलाई सजाय दिलाउन यथेष्ट प्रमाण नहुने कानुन विज्ञहरुको भनाई छ । प्रमाण स्वरुप ३३ केजी सुन भेटिनु पर्ने जिकिर गरेका छन् ।
अहिले सम्म प्रहरीले पक्राउ गरेका २९ जना विरुद्ध विभिन्न मुद्दामा जिल्ला अदालत मोरङले बयान सुरु गरिसकेको भने मुख्य आरोपी चुडामणी सहित फरार भनिएका ३४ जनालाई प्रहरीले खोजी गरिरहेको छ ।
अब राज्यको दायित्व
मुख्य प्रमाण मानिएको साढे ३३ किलो सुनसँगै मुख्य आरोपी चुडामणी सहित फरार भनिएका ३४ जनालाई प्रहरीले चाँडोभन्दा चाँडो पक्राउ गर्न आवश्यक छ ।
साढे ३३ किलो सुन तस्करी गरेको अभियोग मात्र भयो तर अदालतमा प्रमाणका रूपमा एक लाल सुन पनि पेश गर्न सकेको अवस्था छैन । यस बेला सरकार र मातहत निकायले अदालतलाई खुलेर सहयोग गर्नुपर्ने आवश्यक्ता छ ।
अभियुक्तहरूको अहिलेसम्मको बयान
हालसम्मको अनुसन्धान, प्रमाण र अन्य पक्षका आधारमा हत्या अभियोगले प्रमुखता पाउने अनि सुन तस्करीको पाटो ओझेलमा पर्न सक्ने चिन्ता अदालतका अधिकारी एवं कानुन व्यवसायीले व्यक्त गरेका छन् ।
अभियुक्तहरूले दुबईबाट २०७४ माघ ९ गते सुन ल्याइएको प्रहरीमा बयान दिएका छन । त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट भित्रिएको उक्त सुन थाई एयरलाइन्सका कर्मचारी बनलाई जिम्मा दिएर आफूहरू घर गएको बयानमा उल्लेख छ ।
बिगो मागदावी
६३ जना प्रतिवादी रहेको यो मुद्दाको अभियोगपत्रमा १७ अर्ब १ करोड ८० लाख ७१ हजार ४ सय १३ रुपैयाँ ९० पैसा बराबरको बिगो मागदाबी प्रस्तुत गरिएको छ ।
Categorized in राष्ट्रिय