काठमाडौँ । एशियाली विकास बैंकले नेपाल सरकारलाई दुईवटा परियोजनाको लािग १६ अर्ब ९२ करोड रुपिया उपलब्ध गराएको छ ।
एडिबीले दक्षिण एशियाली उपक्षेत्रीय आर्थिक सहायता (सासेक) अन्तर्गतको शहरी खानेपानी आपूर्ति र सरसफाई परियोजनाका लागि १३ करोड अमेरिकी डलर र ऊर्जा प्रणाली विस्तार परियोजनाका लागि दुई करोड अमेरिकी डलर सहुलियतपूर्ण ऋण प्रदान गर्ने भएको हो ।
सोमबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा बैङ्कका देशीय निर्देशक मुख्तोर खामुदखानोभ र अर्थसचिव डा राजन खनालले सहमति पत्रमा हस्ताक्षर गरे ।
साकेस शहरी खानेपानी तथा सरसफाई परियोजनाअन्तर्गत २० वटा नगरपालिकामा खानेपानी तथा सरसफाईसम्बन्धी पूर्वाधर सुधार गर्ने र खानेपानी सरसफाई क्षेत्रमा काम गर्ने संस्था तथा समुदायको क्षमता अभिवृद्धि गरिनेछ ।
साकेस ऊर्जा प्रणाली विस्तार परियोजनाअन्तर्गत ऊर्जा प्रशारण क्षमता अभिवृद्धि, वितरण प्रणालीको सुधार, केन्द्रीय प्रशारण लाइन नपुगेका क्षेत्रमा मिनी ग्रीडमा आधारित नवीकणीय ऊर्जा प्रणालीको अभिवृद्धि, नेपाल विद्युत प्राधिकरण र बैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको क्षमता विकास गरिने मन्त्रालयलले सम्झौता पत्रसम्बन्धी विज्ञप्ती जारी गरी जनाएको छ ।
Categorized in बैंक