४ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

प्रदेश २ लाई करारमा कर्मचारी भर्ना लिन बाटो खुल्यो


प्रकाशित: सोमबार, १० मंसिर २०७५, १८ः०४ बजे
- महानगरखबर

काठमाडौं । प्रदेश २ को प्रदेशसभा बैठकले सोमबार करारमा कर्मचारी भर्ना सम्बन्धी बनेको विधेयक २०७५ लाई बहुमतले परित गरेपछि कर्मचारी भर्ना गर्ने बाटो खुलेको छ । 


संघीय सरकारले कर्मचारीको व्यवस्थापन गर्न नसकेपछि कर्मचारीको अभावमा प्रदेश विकामा समस्या हुने भएकेले प्रदेश सरकारले कर्मचारी भर्ना बिधेयक ल्याएको जनाएको छ ।


प्रदेशसभामा निर्णयार्थ पेश गरिएको विधेयकको विपक्षमा नेकपाका सांसद रहेको थियो तर नेपाली कांग्रेसका सांसदले विधेयकप्रति समर्थन जनाएका छन ।


कर्मचारी अभावमा आर्थिक वर्षको प्रथम चौमासिक बितिसक्दा पनि वजेट खर्च हुन नसकेको जिकिर उनले अगामी दिनमा हुन सक्ने थप संकटलाई टार्न विधेयक ल्याउनु परेको जवाफ दिएका हुन ।


आइतबार बसेको प्रदेश २ को प्रदेशसभा प्रमुख प्रतिपक्षि नेकपा सांसदहरुले बिधेयकको बिरोध गर्दै बैठक अवरुद्ध गरेका थिए ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex