५ भाद्र २०८३, शुक्रबार
Header

ढोरपाटन नगरपालिकाले जलेका ३० घर बनाईदिने


प्रकाशित: सोमबार, १० मंसिर २०७५, १०ः४० बजे
- महानगरखबर

काठमाडौं । आईतबार विहान बाडलुङको ढोरपाटन नगरपालिका– ९ स्थित आगलागीबाट जलेको ३० घर ढोरपाटन नगरपालिकाले बनाईदिने भएको छ । 


जलेका घरको पुनःनिर्माणका लागि ढोरपाटन नगरपालिकाले ३० घरका ४८ परिवारको लागि नगरपालिकाले नयाँ घर बनाउन रु ४८ लाख सहयोग गर्ने भएको हो । 


नगर प्रमुख देवकुमार नेपालीसहितको टोलीले घटनास्थलको प्रत्यक्ष अवलोकन गरी पीडितलाई घर बनाइदिने प्रतिबद्धता जनाएको हो । 


घटनास्थलको अनुगमन निरीक्षण तथा पीडितको गुनासो सुनेपछि नगरप्रमुख नेपालीले नगरको विपत व्यवस्थापन कोषबाट त्यहाँका आगलागी पीडितको घर निर्माण गर्न भन्दै प्रतिपरिवार रु एक लाखका दरले ४८ लाख नगरपालिकाबाट उपलब्ध गराउने बताएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex