काठमाडौं । बाजुरा जिल्ला अस्पतालको डिलबाट खसेर बडिमालिका नगरपालिका–९ बाउलीकी पेमाग्याल्बो गुरुङकी श्रीमती ४५ वर्षीया दाबासाङ्मु गुरुङ भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार अस्पतालको डिलबाट खसेर मृत्यु भएको हुन सक्ने अनुमान गरेको छ । गुरुङ मार्तडीको गैरीबजारमा रहेकोे बलवीर गुरुङको घरमा पूजा सकेर शनिबार साँझ फर्किने क्रममा जिल्ला अस्पतालको डिलबाट खसेर मृत्यु भएको हुनसक्ने प्रहरीले जनाएको छ ।
मृतक गुरुङको शव साँफेमार्तडीको पिच सडकमा आईतबार बिहान ४ः४५ बजेतिर स्थानीयवासीले फेला पारेको बताइएको छ । मृतकको शवपरीक्षणका लागि अहिले जिल्ला अस्पताल बाजुरामा राखिएको प्रहरी प्रमुख भाटले बताए ।
Categorized in समाज