२९ कार्तिक २०८३, शनिबार
Binod Yojesh Ram

महानगरपालिकाद्धारा ‘नो मास्क सिटी’ अभियान सुरु


प्रकाशित: शनिवार, ८ मंसिर २०७५, १८ः०० बजे
- महानगरखबर

काठडमाडौं । काठमाडौं महानगरपालिकाले शनिवारबाट ‘नो मास्क सिटी’ अभियान सुरु गरेको छ । 


सहरी सौन्दर्यता प्रवद्र्धनमा सघाउ कार्यक्रम शुरु गरेको महानगर प्रमुख विद्या सुन्दर शाक्यले बताएको छ । यस अघिमहानगरले गत कात्तिक २९ गते सहरी व्यवस्थापनमा काम गर्ने विकास साझेदारलाई बोलाएर महानगरको सौदर्य प्रवद्र्धनमा सहयोग गर्न आग्रह गरेको थियो । 


सोही अनुरुप आजबाट सडकको नालीमा बनाइएका अनावश्यक ‍¥याम्प हटाउने, नालीमा रहेको फोहोर माटो निकाल्ने र त्यस ठाउँमा जेट मेशिनको प्रयोग गरेर सफागर्ने कामको थालनी गरेको हो ।


शान्तिवाटिकाबाट शुरु गरेको यो अभियानले अब निरन्तरता पाउने मेयर शाक्यले दाबी गरेको छ । उनले अब सामुहिक प्रयत्नबाट काठमाडौंलाई सफा र सुन्दर राख्ने बताए ।


मेयर शाक्यले उद्घाटन गरेसँगै रत्नपार्कबाट शुरु भएको सडक सरसफाइ अभियान बागबजार, डिल्लीबजार, मैतीदेवी, पुरानो बानेश्वर, भीमसेनगोलाहुँदै सिनामंगलसम्म पुगेको थियो । 


कार्यक्रममा महानगरका उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत यादवप्रसाद कोइरालासँगै प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, नेपाल विद्युत प्राधिकरण, काठमाडौ उपत्यका खानेपानी लिमिटेड, नेपाल दूरसञ्चार प्राधिकरण, मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालय, नेपाली सेना, नेपाल प्रहरी, ट्राफिक प्रहरी र सडक विभागका अधिकारीको सहभागिता थियो ।
 

asteriskhubs
Home Page Bottom Second


nuhadya 1147
binod rajbhandari
Yogesh Khadgi KMC 27
maharjan complex
ramkrisna naya bachat
dev dai naya bachat
kmc 12 bala
bagmati gaupalika