काठमाडौं । शनिवार दिउँसो काठमाडौको तीनकुनेमा दुई युवामाथि छुरा प्रहार हुँदा एक युवाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
नयाँ बानेश्वर वृतका डिएसपी गोविन्दराज काफ्लेका अनुसार सिभिल अस्पतालमा उपचार क्रममा विक्की लिम्बु रहेको जनाएको छ । अर्का घाईते युवक अनिल श्रेष्ठको भने उपचार भईरहेको छ ।
प्रहरीका अनुसार प्रहरीले छुरा प्रहार गर्नेको खोजी भईरहेको जनाएको छ । गाँजाको विषयमा विवाद भएपछि उनीहरुविच खुकुरी हानाहान भएको प्रहरीको भनाई छ ।
Categorized in समाज