४ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

नवलपरासीको गैंडाकोटमा विहानै दुर्घट्ना, २ जनाको मृत्यु


प्रकाशित: शनिवार, ८ मंसिर २०७५, ०९ः४० बजे
- महानगरखबर

काठमाडौं । आज विहान पूर्व पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको गैंडाकोटमा नगरपालिका –१३ स्थित मुकुन्दपुरमा बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाईकल सवार २ जनाको मृत्यु भएको छ । 


मृत्यु हुनेमा ना.५६ प ३८५१ नम्बरको मोटरसाईकलमा सवार गैडाकोट नगरपालिका –८ का २० बर्षिय अनिल पौडेल र गैडाकोट– १ बस्ने १९ बर्षिय कृष्ण सापकोटा रहेको प्रहरीले जनाएको छ । 


ना ५ ख ३९८७ नम्बरको कर्णाली यातायातको बसले मोटरसाईकललाई ठक्क्क दिएको थियो । उनीहरु दुवैको उपचारको क्रममा मृत्यु भएको गैँडाकोट इलाका प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक जोतेन्द्र भण्डारीले जानकारी दिए । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex