४ भाद्र २०८३, बिहिबार
Header

विप्लव माओवादीको काठमाडौंमा आज जनसभा


प्रकाशित: शनिवार, ८ मंसिर २०७५, ०९ः२० बजे
- महानगरखबर

काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव) नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आज काठमाडौंमा सभा हुँदैछ । 


काठमाडौंको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा हुने जनसभा विभिन्न राजनीतिक दलका नेताहरुलाई आमन्त्रण गरेको छ । 


नेकपा मालेका महासचिव सीपी मैनाली, नेकपा माओवादी केन्द्रका गोपाल किंराती र नेकपा अध्यक्ष ऋषि कट्टेललगायतलाई नेकपाले निम्तो दिएको हो ।


तर पार्टीका जनसभालाई भने पार्टी नेतृत्व चन्दले भने सम्बन्धोन नगर्ने भएको छ । यस अघि चन्दले सभालाई सम्बोधन गर्ने भनी प्रचार गरिएपनि अन्तिम घडीमा सहभागी हुने जनाएको छ । 


विप्लवको अनुपस्थितिमा हुन लागेको सभालाई पार्टी प्रवक्तासमेत रहेका स्थायी कमिटी सदस्य प्रकाण्डलगायतले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।


जनसभाअघि विभिन्न स्थानबाट झाँकीसहितको ‍¥याली निकाल्ने तयारी छ । जनसभालाई लक्षित गरी काठमाडौंमा विभिन्न स्थानमा सुरक्षा व्यवस्था कडा पारिएको छ । 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex