काठमाडौं । हेटौडालाई नै प्रदेश नं. ३ को स्थायी राजधानी कायम गर्न माग गर्दै नेकपा एमाले मकवानपुर जिल्ला कमिटीकोे नेतृत्वमा मुख्यमन्त्री डोरमणी पौडेलसहितको टोली प्रधानमन्त्री केपी ओलीसमक्ष पुगेका छन् ।
प्रधानमन्त्री ओलीलाई एमाले जिल्ला कमिटीले बुझाएको ज्ञापनपत्रमा राजधानी सार्ने कुरा बहुदल र गणतन्त्र प्राप्तीका लागि गरिएको आन्दोलनको भावना विपरीत हुने उल्लेख गरिएको छ ।
हेटौंडा मध्यमाञ्चल विकास क्षेत्रको सदरमुकामसमेत रहेको र हाल १९ वटा क्षेत्रीय कार्यालय, ३ वटा मुख्य कार्यालय रहेकाले राजधानीका लागि पूवार्धार पर्याप्त हुने सो विज्ञप्तीमा भनिएको छ ।
पछिल्लो समय काभ्रे भक्तपुर र नुवाकोटमा राजधानी बनाउन भनी प्रदेशसभामा प्रस्तावहरु पेश भएपपिछ मकवानपुर एमालेको टोली राजधानी आईपुगेका हुन ।
ज्ञापनपत्र बुझाउने एमाले केन्द्रीय सदस्य केदार न्यौपाने, जिल्ला अध्यक्ष मुनु सिग्देल, उपसचिव एकलाल श्रेष्ठ, हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख हरिबहादुर महत सहभागी थिए ।
Categorized in राष्ट्रिय